अब मरेका मान्छेहरू लाई पनि जिउँदो बनाउन सकिने ,पत्ता लाग्यो नयाँ प्रविधि
अब एक ब्यक्तिको टाउको अर्को ब्यक्तिमा फिट गर्न सकिने भएको छ। अचम्म लाग्न सक्छ के डाक्टरले एक व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा फिट गर्न सक्छन् रु भनेर तर मेडिकल साइन्समा अन्य अङ्गहरु जस्तै टाउको को प्रत्यारोपण पनि सम्भव हुन सक्छ रु बेलायतका एक पूर्व न्यूरोसर्जरी एवंम रोबोटिक्स विज्ञले यो विषयमा भने आफ्नो धारणा यसरी व्यक्त गर्छन् ।
बेलायतको हल यूनिभर्सीटी टिचिङ हस्पिटलका पूर्व क्लिनिकल तथा प्रमुख डाक्टर ब्रुस म्याथ्युलेखआउँदो १० वर्षमा टाउको प्रत्यारोपण सम्भव हुने दाबी गरेका छन्। हालै उनले रोबोटिक्स, स्टेम सेल प्रत्यारोपण र शक्तिशाली शल्यक्रिया अन्तर्गतको प्रविधिको विकास भएका कारण यो सम्भव हुन सक्ने दाबी गरेको समाचार माध्यमहरुमा उल्लेख गरिएको छ।
सन् २०१७ मा पनि एक चिनियाँ बैज्ञानिकले एउटा सफल टाउको प्रत्यारोपण गरेको दाबी गरेका थिए। जिआओपिङ रेन नामका एक साइन्टिस्टले एक मृत व्यक्तिको टाउँको अर्को व्यक्तिको शरीरमा सफल प्रत्यारोपण गरेका थिए।
चीनको हार्बिन मेडिकल यूनिभर्सिटीले गरेको उक्त शल्यक्रिया १८ घण्टा चलेको थियो। शल्यक्रियापछि स्पाइन, नब्र्स तथा ब्लड वेसल्सको रिकनेक्ट गरिइएको थियो।
डेली मेलको रिर्पोटका अनुसार डा म्याथ्युका अनुसार प्रत्यारोपका क्रममा यदी ब्रेन र स्पाइनल कार्ड साथमा राख्यो भने असम्भव हुँदैन्। यदी यो सम्भव भयो भने जुन व्यक्तिको हात खुट्टा काटिएको छ वा शरीर पूरै खराब भएको छ भने त्यस्ता व्यक्तिका लागि फाइदाजनक हुने गर्दछ। साथै मरिसकेका व्यक्तिलाई पनि जिउँदो बनाउन पनि सकिन्छ।