सुनको भाउ फेरि बढ्यो
सुनको भाउ बिहीबार तोलामा दुई सय रुपैयाँ ले बढेको छ ।सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बुधबार तोलामा पाँच सय रुपैयाँ घटेर सुन तोलाको ७९ हजार पाँच सय रुपैयाँ थियो । सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ ।
चाँदी बिहीबार तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।