निजी अस्पतालले चैत मसान्तसम्म सबै सेवामा २० प्रतिशत छुट दिने
निजी अस्पताल तथा सेवा प्रदायकहरुले चैत मसान्तसम्म आफूले प्रदान गर्ने सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएका छन् ।निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरुको संगठन अफिन ले आफ्ना सम्पूर्ण सदस्य तथा स्वास्थ्य सेवा प्रदायकलाई २०७६ चैत मसान्तसम्म सबै सेवामा २० प्रशित छुट दिन व्यवस्था मिलाइएको जनाएको छ ।
यो छुट अस्पतालले पनि खरिद गर्नुपर्ने औषधी, इम्प्लान्ट्सलगायतका सामानमा भने लागु नहुने जनाइएको छ ।
कोभिड १९ महामारीविरुद्ध मुलुकले लडाइ लडिरहेको परिस्थितिलाई दृष्टिगत गरी निजी अस्पतालहरुले २० प्रतिशत छुट दिने निर्णय भएको नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिनुभयो ।