एम्बुलेन्सबाटै बिरामी फर्काउने लुम्बिनी मेडिकल कलेजले माग्यो माफी
पाल्पा:कोरोना संक्रमणको लक्षण देखिएका बगनासकाली गाउँपालिका २ पोखराथोकका २० वर्षीय दामोदर कुमाललाई उपचार गन अस्वीर गर्दै एम्बुलेन्सबाटै फर्काएको लुम्बिनी मेडिकल कलेज तानसेनले आइन्दा यस्तो गल्ती नगर्ने भन्दै माफि मागेको छ ।
ड्यूटिमा रहेका डाक्टरले गलत जानकारी दिएका कारण त्यस्तो हुन गएको भन्दै कलेजका निर्देशक डा राजु शाक्यले माफी माग्नुभएको हो । ‘मलाइ ठुलो भ्रम भयो, त्यसो नगर्नु पर्थ्यो, हामी माफी माग्दछौं,’ शाक्यले भने ‘हामीले बैठक बसेर अब जस्तो सुकै बिरामी आए पनि उपचार नपाएका कारण यहाँबाट फर्कनु पर्दैन भन्ने निर्णय नै गरेका छौं, ।’
पत्रिकामा समाचार प्रकाशन भएपछि मेडिकल कलेजको ब्यवहारप्रति जिल्लावासीले आपत्ति जनाएका थिए । प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले मेडिकल कलेजलाई आइन्दा त्यसो नगर्न चेतावनी दिनुभएको थियो ।
त्यसपछि मेडिकल कलेजको आकस्मिक बैठकले घटनाबारे समीक्षा गरी प्रमुख जिल्ला अधिकारीसहितको बैठकमा गल्ति भएको स्वीकार गर्दै माफी मागेको हो । ज्वरो आएर उपचारका लागि मेडिकल कलेज पुगेका कुमाललाई उपचार गर्न अस्वीकार गर्दै फर्काइएको थियो ।