प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्ने टिममा कोको छन् ,पुरा पढनुहोस

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण डा प्रेमराज ज्ञवालीको नेतृत्वको टिमले गर्ने भएको छ। त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको हो। युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन्। मिर्गौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ। नेफ्रोलोजी विभाग प्रमुखमा डा दिव्यासिंह शाह छन्। उनको टिममा डा महेश सिग्देल, डा मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्रा डा उत्तम शर्मा, डा ज्ञवाली, डाभोजराज लुइँटेल, डा पवन चालिसे कार्यरत छन्।

प्रधानमन्त्री केपी ओलीको सोमबार साँझसम्म त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुने जनाएको छ।उनको बुधबार मिर्गौला प्रत्यारोपण गरिँदैछ। प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मिर्गौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन्।

पहिलोपटक भने बुहारी नाताकी अञ्‍जना घिमिरेले मिर्गौला दिएकी थिइन्। पहिलोभन्दा दोस्रो पटकको प्रत्यारोपण अलिक जटिल हुने चिकित्सक बताउँछन्। आइतबार बिहान ग्रान्डी अस्पतालमा प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरिएको थियो। स्वास्थ्य जाँच गरिएका रिपोर्ट नर्मल आएपछि प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

प्रधानमन्त्री ओलीले भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा २०६४ सालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए।स्वास्थ्यमा समस्या देखिएपछि ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका थिए।त्यहाँ उनले ुप्लाज्माफेरेसिसु गरिएको थियो।त्यहाँ १५ दिनको बसाइपछि प्रधानमन्त्री स्वदेश फर्केका थिए।त्यसपछि उनी नियमित मिर्गौला डायलासिस गर्दै आएका थिए।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.