ज्वरो आएर भरतपुर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाकी एक बिरामीको मृत्यु भएको छ ।हेटौंडाबाट रिफर भएर आएकी सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।
गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा श्रीराम तिवारीले जानकारी दिनुभयो ।उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताउनुभयो।
मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो ।उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।