व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति
व्यवसायी सुलभ अग्रवाललाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।
स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा अग्रवाल मंगलबार पक्राउ परेका थिए ।
बिहीबार जिल्ला अदालत काठमाडौंले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।