क्वारेन्टाइनको नियम उल्लंघन गरेर प्रेमिका भेट्न जाने युवकलाई जेल हालियो
अस्ट्रेलियाको पर्थमा क्वारेन्टाइनको नियम उल्लंघन गर्ने ३५ वर्षीय जेल जोनाथन डेभिड हालिएको छ । गत महिना सामाजिक दूरी कायम गर्ने नियम बनेयता क्वारेन्टाइन र सामाजिक दूरी कायम नगरेको भन्दै जेल हालिएका ३५ वर्षीय उनी पहिलो व्यक्ति हुन् ।
१४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि केटी साथीलाई भेट्न क्वारेन्टाइनबाट भागेर होटलमा गएको भन्दै जेल हालिएको हो । क्वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई ६ महिनाको जेल सजायको प्रावधान गरिएको छ ।
उनले क्वारेन्टाइनमा राखिएको होटलको आपतकालीन ढोकाबाट भागेको र सार्वजनिक सवारीमार्फत केटी साथीलाई भेट्न गएको अदालतमा बयानका क्रममा बताएका छन् । उनलाई अदालतले ’विपत्तिमासमेत स्वार्थी’ बनेको आरोप लगाएका छन् । तर, उनको पाँच महिनाको जेल सजाय भने रद्द गरिएको छ । बिबिसी