नेपालमा थप १४ जनामा को*रोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो
नेपालमा थप १४ जनामा को*रोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा १२ र चितवनमा २ गरी १४ जनामा को*रोना भाइरसको संक्रमण देखिएको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १२ जना पुरुष रहेका छन् भने चितवनमा एक पुरुष र महिला रहेका छन् ।
उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवनमा २७ वर्षका पुरुष र ६३ वर्षीया महिलामा को*रोना भाइरस देखिएको हो । उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा को*रोना पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसअघि उदयपुरका १२ जनाको विराटनगरस्थित कोशी अस्पताल र चितवनका २ जनाको चितवनमा गरिएको परीक्षणमा पनि को*रोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि थप परीक्षणका लागि टेकुमा पठाइएको थियो। टेकुमा परीक्षणका क्रममा पनि सबैको पोजेटिभ रिपोर्ट आएपछि मन्त्रालयले उनीहरुका विषयमा जानकारी सार्वजनिक गरेको हो।