रैनादेबि छहरा गाउँपालिकामा रुख ढालेर बन्द गरिएको बाटो भोलि खुल्ने
नारायण न्यौपाने
पाल्पा, बैशाख ६
रैनादेबि छहरा गाउँपालिकामा रुखनै ढालेर अबरुद्व गरिएको बाटो भोलि आइतबार खोलिने भएको छ । गाउँपालिकाको वडा न ३ भुवनपोखरीका ५ ठाउँमा रुख ढलाएर बाटो बन्द गरिएको थियो । वडा अध्यक्ष लाल बहादुर दर्लामीको नेत्रित्वमा रुख ढालिएको छ । छिमेकी जिल्ला गुल्मी र अर्घाखाँचीबाट मानिसहरु निर्वाध आउन थालेपछी बाटो बन्द गरिएको दर्लामीले बताए ।
गाउँपालिका अध्यक्ष राम बहादुर कार्किले चौतर्फि बिरोधपछी बाटो खोल्न निर्देशन दिएका हुन । ‘मैलै वडा अध्यक्षलाइ फोन गरेर भोलि बाटो खोल्न भनेको छु,’ कार्किले भने, ‘भोलि बाटो खुल्छ म बोलेको रेकर्ड गरेर राख्नुस ।’
वडामा गठित को*रोना नियन्त्रण समितीको निर्णय अनुसार रुख ढालेर बाटो बन्द गरिएको हो । समितीमा वडा सदस्य, स्वास्थ्य कर्मी, बिध्यालयका प्रधानाध्यापक र राजनितीक दलका प्रतिनिधी रहेका छन ।
सुरक्षा सतर्कता नअपनाउने, अत्याबस्यक बाहेक सवारी आवत जावत बन्द गर्ने ब्याबस्थाका लागि म्यानपावर खटाउने बिषयमा ध्यान नदिइ महत्वपुर्ण क्षेत्र बाटो त्यो पनी रुखनै ढालेर बन्द गरिएको प्रती सामाजिक सञ्जालमा चर्को बिरोध भएको छ । तर कतिपय स्थानियहरुले भने अन्य बैकल्पीक बाटो भएका कारण यो गलत नभएको धारण राखेका छन ।