कैलाइ के को चिन्ता कैलाइ के को ? लकडाउनमा तौल बढेपछि नम्रतालाइ चिन्ता
सरकारले संक्रमण फैलिन नदिन लकडाउन घोषणा गरका पनी एक महिना पुगेको छ । यो बिचमा भेरै मानिसहरुका आ आफ्ना पिडा र चिन्ताहरु छन नै । ति मानिसका स्तर अनुसारका चिन्ताहरु हुन भनेर सजिलो गरी बुझ्न सकिन्छ । कोहि मानिसहरु खान नपाएर चिन्तीत बनेका छन भने कोहि मानिस घर जान नपाएर चिन्तित बनेका छन । कतिपयलाइ आफ्नो देश फर्किन पाय पनी हुन्थ्यो भन्ने चिन्ता छ यि सबै स्वभाविक चिन्ताहरु हुन ।
सधै भरि पर्दामा देखिनेको चिन्ता फरक छ उनिहरुले सुन्दरताकै कुरालाइ महत्व दिन्छन त्यो स्वाभाबिक पनि छ । घरमा बसिरहदा र खाँदा ब्यायम नगर्ने हो भने शरिर मोटाउछ । मोटो शरिर पर्दामा राम्रो देखिदैन ।
पछि नेपाली सेलिब्रेटीहरुलाई मोटाउने चिन्ताले सताउन थालेको छ । खानेकुरामा विशेष सावधानी अपनाउने र दैनिक जिम धाउने कलाकारहरु लकडाउनको समयमा परिवारसँग बसेर मिठा परिकार बनाएर खाइरहेका छन् । तर, जिममा गएर पसिना बगाउन पाएका छैनन् । जसकारण, उनीहरुको तौल बढिरहेको छ ।
घरमै दैनिक केही समय व्ययाम गर्ने गरेता पनि तौल नघटेपछि विशेषगरि अभिनेत्रीहरु चिन्तित हुन थालेका छन् । अभिनेत्री नम्रता सापकोटा लकडाउनमा घरभित्रै बस्दा तीन केजी मोटाइसकेकी छन् । लकडाउन हुनुभन्दा अगाडिसम्म उनी चलचित्र ‘डेसान’ को छायांकनमा व्यस्त थिइन् । कोरोनाको त्रासले चलचित्रको छायांकन रोकिएपछि उनी घरभित्रै कैद छिन् ।