नेपालमा थप एक जनामा को*रोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको सङ्ख्या ३२ पुग्यो

नेपालमा थप एक जनालाई को*रोनाभाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । उदयपुरका अर्का एक जनालाई को*रोना सङ्क्रमण पुष्टि भएको हो मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो। उहाकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा पोजिटिभ देखिएको हो।

सोमबार उदयपुरको भुल्के क्षेत्रबाट २५१ जनाको थ्रोट स्वाब लिएर नेपाली सेनाको चिकित्सक टोली काठमाडौं आएको थियो। उदयपुरको भुल्केस्थित मस्जिद वरपरबाट लिइएको ६९ जनाको नमुनाको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ८ जनामा पोजिटिभ भएको शंका लागेपछि थप यकिन गर्न उनीहरुलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

यसअघि उदयपुरको भुल्केमा ११ भारतीय र २ नेपालीमा को*रोना संक्रमण पुष्टि भएपछि बस्तीका बासिन्दाको पनि स्वाब संकलन र परीक्षण गरिएको हो। उदयपुरबाट संकलन गरिएका केही व्यक्तिका को*रोना संक्रमणको आशंका गरिएपछि धरान र विराटनगरमा पीसीआर परीक्षण गरिँदैछ।

त्यस्तै आजसम्म देशभरी आरडीटी विधिबाट २७ हजार ९ सय ५६ जनाको परीक्षण भएको छ भने पीसीआर विधिबाट ८ हजार ८ सय ६८ नमुना परीक्षण भएको छ। हालसम्म दुवै विधिबाट गरी ३६ हजार ७ सय १९ को परीक्षण भएको छ।त्यसैगरी अहिलेसम्म विभिन्न आइसोलेसनमा १०७ जना रहेका छन्। काठमाडौंमा ६ जना र उपत्यकाबाहिर १०१ जना आइसोलेसनमा रहेको पनि मन्त्रालयले जानकारी दिएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.