डच लिग रद्द गर्ने निर्णय

दी हेग, विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण यतिबेला युरोपका अधिकांश घरेलु लिग फुटबल प्रतियोगिताहरू प्रभावित भएका छन्। करिब दुई महिनादेखि युरोपका सम्पूर्ण चर्चित घरेलु लिगहरू स्थगित छन्। कोरोना भाइरसको महामारी रोकिने संकेत नदेखिएपछि लिग सिजन कसरी टुंग्याउने भन्ने विषयले सबैलाई चिन्तामा पारेको छ।परिस्थिति प्रतिकूल बन्दै गएपछि नेदरल्यान्ड्सले भने माथिल्लो श्रेणीका सबै लिगलाई रद्द गर्ने निर्णय लिएको छ। यसका अर्थ यो सिजन डच लिग सञ्चालन नै नभए सरह हुनेछ। यो सिजन डच लिगमा कुनै पनि टोली विजेता र उपविजेता हुने छैनन्। यसैगरी कुनै पनि टोली रेलिगेसनमा पनि पर्ने छैनन्।

कोरोना भाइरसको महामारीका कारण नेदरल्यान्ड्स सरकारले आगामी सेप्टेम्बर १ तारिखसम्म कुनै पनि सार्वजनिक कार्यक्रम आयोजना गर्न रोक लगाएको छ। सोही कारणले लामो समयदेखि डच लिग पनि स्थगित छ। यस्तो अवस्थामा जारी सिजनको लिग टुंग्याउने कुनै सम्भावना नदेखिएपछि लिग नै रद्द गर्ने निर्णय लिइएको हो।

डच लिगबाट पहिलो र दोस्रो हुने टोली च्याम्पियन्स लिग र तेस्रो हुने टोली युरोपा लिगमा छनोट हुने प्रावधान छ। यसैगरी चौथोदेखि सातौं स्थानसम्म रहने टोलीले युरोपा लिगका लागि प्ले अफ खेल्ने प्रावधान रहेको छ। १६औं र १७औं स्थानमा रहने टोलीले रेलिगेसनबाट जोगिन प्ले अफ खेल्ने तथा १८औं स्थानमा रहने टोली स्वतः रेलिगेसनमा पर्ने प्रावधान छ।डच लिग स्थगति हुनुअघि ‘बी’ डिभिजन तालिकामा क्याम्बर पहिलो स्थानमा थियो। क्याम्बर तालिकाको दोस्रो स्थानमा आसीन क्लबभन्दा ११ अंकले अगाडि थियो। यस आधारमा क्याम्बर यो सिजन पहिलो डिभिजनमा उक्लने प्रबल सम्भावना थियो। तर, क्याम्बरको त्यो सपना पनि चकनाचुर भएको छ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.