पुष्कर अथक रेग्मी द्धारा लिखित दश हाइकुहरू
हाइकु १
कोरोना आयो
संसारमा सबको
लौ सातो खायो
हाइकु २
कोरोना के हो
सुरक्षित रहनु
आखिर जे हो
हाइकु ३
कोरोना बढ्यो
फैलाउन भनी लौ
जहाजै चढ्यो
हाइकु ४
कोरोना लाग्यो
राहतको नाममा
लुटेरा जाग्यो
हाइकु ५
कोरोना अस्त्र
भाइरल पो भयो
सर्वत्र त्रस्त
हाइकु ६
कोरोना नाथे
ठेगान आफैं लाए
मान्छे नै गाँठे ।
हाइकु ७
कोरोना भित्र
मानवताको प्रश्न
सम्पूर्ण मित्र
हाइकु ८
कोरोना तैंले
चुरिफुरी नगर
जित्दछु मैले
हाइकु ९
कोरोना नाम
गरन सरकार
असल काम
हाइकु १०
कोरोना भाग्छ
सुख शान्ति र शक्ति
समृद्धि जाग्छ ।