एक महिनादेखि भारतको क्वारेन्टाइनमा रहेका मजदुर नेपाल प्रवेश गर्दै
दार्चुला ,करिब एक महिनादेखि भारतको धार्चुलाका क्वारेन्टाइनमा रहेका नेपाली मजदुरको बिहीबार नेपाल प्रवेश गरिरहेका छन्। सीमामा अलपत्र परेको नेपालीलाई ल्याउने विषयमा विषयमा पटक–पटक छलफल भएपनि उनीहरुलाई नेपाल ल्याउने मिति तय भएको थिएन। बुधबार बैतडी, दार्चुला र पिथौरागढका अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार सुरु गरिएको हो।
बिहीबार बिहान साँढे ९ बजेदेखि नेपाल प्रवेश गराउन सुरु गरिएको हो। सीमामा खटिएका सुरक्षाकर्मीका अनुसार ११ बजेसम्म करिब डेढ सय जना नेपाल प्रवेश गरिसकेका छन् । भारतीय पक्षका अनुसार नेपाल प्रवेश गर्नका लागि ८०३ जना तयार छन् । उनीहरु सबैको स्वास्थ्यमा कुने समस्या नरहेको भारतीय पक्षले जनाएको छ।
उनीहरुलाई नेपालतर्फ पनि स्वास्थ्य जाँच गराउँदै प्रवेश गराइएको छ। सबैलाई नेपाल प्रवेश गराउन दिउँसो कबिर २र३ बजेसम्म लाग्ने उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । लामो प्रयासपछि अलपत्र नेपालीलाई ल्याउने प्रयास सफल भएकोमा दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले खुसी व्यक्त गरे।