झुलाघाटबाट उद्धार गरिएका एक व्यक्तिको क्वारेन्टाइनमा मृत्यु
नेपाल–भारत सीमा झुलाघाटबाट उद्धार गरेर ल्याइएका एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।बैतडीको पुर्चौडी नगरपालिका–६ घर भएका ६७ वर्षीय जुनी लोहारको आज बिहान ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डीएसपी डिल्लीराम पाण्डेले जानकारी दिनुभयो ।
बिहीबार सीमावारि ल्याइएका लोहारसहितको समूहलाई पहिलो दिन दशरथचन्द नगरपालिकाको स्कुलमा राखिएको थियो । शुक्रबार बैतडीको पुरचौडी नगरपालिकामा ल्याइएको थियो ।शनिबार विहान पुनः पुरचौडीको अर्को क्वारेन्टाइनमा हिँडाएर लैजाँदै गरेका लोहारको बाटोमै मृत्यु भएको डीएसपी पाण्डेले बताउनुभयो
कोरोनाको कुनै लक्षण नदेखिए पनि मृतक लोहारको स्वाब परीक्षणका लागि धनगढी पठाइएको छ ।हालै महाकालीपारि अलपत्र परेका २६ सय नेपालीको उद्धार गरिएको थियो । सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा क्वारेन्टाइनको रुपमा प्रयोग गरिएका सार्वजनिक स्थानहरु भरिभराउ छन् र भएका क्वारेन्टाइन पनि व्यवस्थित छैनन् ।यसतर्फ समबन्धित निकायको ध्यान जानु जरुरी छ ।