संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश

वैशाख २१ , सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिश गर्ने निर्णय गरेको हो ।

संविधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन् ।अधिवेशनकै लागि संसद हलभित्र सामाजिक दूरी कायम हुने गरी बसाईको व्यवस्थापनसमेत मिलाइसकिएको छ । गत बिहीबार मात्र प्रधानमन्त्री केपी ओली, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले संसद भवन कक्षको निरीक्षण समेत गरेका थिए ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले जेठ १५ गते नयाँ बजेट ल्याउनुपर्ने हुन्छ भने बजेट ल्याउनुअघि सदनमा संसदमा नीति तथा कार्यक्रम पेश गर्ने गरिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.