सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी

सरकारले भोलिबाट काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सन्चालन गर्ने तयारी गरेको छ ।लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने केही समय लाग्ने देखिन्छ ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरैजसो सरकारी कार्यालयहरु बन्द थिए ।तर, गत बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै भोलिबाट काठमाडौं उपत्यकाका अधिकाशं सरकारी कार्यालयहरु खुल्न लागेका हुन् ।

पुरानो आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्ष सुरु हुने बेला कार्यालयमा आन्तरिक काम बढी हुने भएकाले पनि कर्मचारीहरुलाई उपस्थित हुन भनिएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.