उपचारत एक बालिकामा कोरोना संक्रमण देखिएपछि टिचिङ अस्पतालका केही वार्ड सिल
त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्जमा उपचारत एक बिरामीका कोरोना संक्रमण देखिएपछि अस्पतालको वार्ड सिल गरिएको छ ।कपिलवस्तुवाट सात दिन अघि उपचार गर्न आएकी एक बालिकामा कोरोना संक्रमण देखिएको शिक्षण अस्पतालले जनाएको छ ।
न्युरो सर्जरी वार्डमा उपचार गराइरहेको बालिकाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको अस्पतालले जनाएको छ ।अस्पतालका निर्देशन डा प्रेमकृष्ण खड्गाले कोरोना पोजिटिभ देखिएको खबर आएसँगै अस्पतालका केहि वार्ड सिल गरिएको बताए ।
अस्पतालमै कोरोना संक्रमित भेटिएपछि शिक्षण अस्पतालले आकस्मिक बैठक बोलाएको छ ।