दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा

सन् २००८ मा ओलम्पिकमा रजत पदक जितेका दक्षिण कोरियाका स्टार जुडो खेलाडी आजीवन प्रतिबन्धमा परेका छन् ।दक्षिण कोरियाको राष्ट्रिय खेल संस्थाले एक किशोरी खेलाडीमाथि यौनहिंसा गरेको आरोपमा अहिले प्रशिक्षकको भूमिकामा रहेका वाङ की चुनलाई आजीवन प्रतिबन्ध लगाएको हो ।

उनले बेइजिङ ओलम्पिकको प्रारम्भिक चरणमा करङ भाँच्चिए पनि प्रतिस्पर्धा गर्दै ७३ केजी तौल समूहमा फाइनलसम्म पुगेका थिए । उनी फाइनलमा पराजित भएपछि रजत पदक पाएका थिए ।

किशोरीलाई यौन हिंसा गरेको आरोपमा पक्राउ परेका उनको आरोप प्रपाणित भए जेल पनि बस्नु पर्नेछ । कोरियाको जुडो संघले ३१ वर्षीय वाङको खेल जीवन समाप्त भएको जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.