नेपाली युवा दिवेश पोखरेल अमेरिकन आइडलको उपविजेता
नेपाली मुलका युवा दिवेश पोखरेल (आर्थर गन) १८ औं अमेरिकन आइडलको उपबिजेता बन्दै दोस्रो स्थान हासिल गरेका छन् ।सोमबार भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा दिवेश उपबिजेता बनेका हुन् । उनी उपाधिको दावेदारका मानिए पनि जस्ट साम अमेरिकन आइडल बन्न सफल भइन्
।
अन्तिम प्रस्तुतिमा पोख्रेलले ‘आई डन्ट वान्ट टु बी’ बोलको पहिलो गीत गाएका थिए । अमेरिकन आइडलको फाइनलमा पुग्ने दिवेश नै पहिलो नेपाली हुन् ।अघिल्लो साता टप ७ भित्र परेका दिवेश पोखरेलसँगै जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप ७ मा पुगेका थिए ।
काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन् ।