शिक्षकको आवाज कसले बोलिदिने ?

चन्द्रकान्त पण्डित
नेपालमा रहेको शिक्षक महासंघ, शिक्षक संघ, संगठन वा अन्य नामका शिक्षक संगठनहरु तथा नेपाल सरकार, अर्थमन्त्रालय र सरकारको नीति तथा कार्यक्रमको र बजेटको बारेमा संघीय संसदमा छलफल गर्दैगर्दा शिक्षकले पढाएनन्, शिक्षक नालायक नै छन् भन्ने भाव पोखिँदै गर्दा त्यसको प्रतिपाद गर्ने फाट्टफुट्ट कतैबाट आवाज झिनो रुपमा सुनिने गरेतापनि जोडदार रुपमा आवाज उठाउने कोही छैन ।

भूपू शिक्षक, शिक्षक महासंघको अध्यक्षको रुपमा वक्तव्य जारी गरेको हामी सञ्चार माध्यममा पढ्न पाउछौं । यही हो शिक्षकको दूर्भाग्य । शिक्षक नेता शिक्षकको आवाज बन्नुपर्ने हो तर उनीहरु कहीँ कतै कसैको भजन मण्डलीको सदस्यको रुपमा देखिएका हुन्छन् ।

२०७५ असार २५ मा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सिहंदरवारबाट जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख भए अनुसार मजदुरको न्यूनतम पारिश्रमक मासिक तलव १३ हजार ४५० साथमा महङ्गी भत्तासमेत छ । तर, विद्यालयमा कार्यरत बालविकास शिक्षकलाई मासिक जम्मा ७ हजार र कार्यालय सहायकको ११ हजार पाँचसय र कार्यलय सहयोगीलाई ७ हजार मासिक तलबको रुपमा दिइरहेको अवस्था छ । यो आवाज कसले बोलिदिने ? पदोन्नतिलगायत अन्य शिक्षकका दबिएका आवाज कसले बोलिदिने ?

शिक्षकले राजनीति गर्छ । आवाज यही सुनिन्छ । पढाउने शिक्षकले राजनीतिको बारेमा बुुझ्दैन भने उसले कक्षा कोठामा गएर विद्यार्थीलाई के पढाउँछ ? पढाउन पर्ने विषयवस्तु संविधान छ, अर्थको बारेमा छ, समाजको बारेमा छ, राजनैतिक दल, नेता, साहित्यकार आदिको बारेमा छ, भूगोलको बारेमा छ । अनि उसले राजनीतिको बारेमा, धर्मको बारेमा, देशको बारेमा, विश्वको बारेमा बुुझ्नै पर्छ ।

यी विषयवस्तुको उठान शिक्षकले गर्दा राजनीति गरेको ठहरिन्छ भने शिक्षकले राजनिति नगरे कसले गर्छ ? विद्यार्थीलाई आफ्नोे संविधानमा लेखिएका कुराहरु पुरा नभएमा आवाज बोल्नको लागि शिक्षकले सुसज्जित नगरे कसले गर्छ । शिक्षकले गर्नै नहुने कुरो यो दलमा भोट हाल, यस दलको सदस्य बन भनेर कुनै विद्यार्थीलाई विद्यालय भित्र भन्छ भने उ शिक्षक हुन सक्दैन ।

प्रत्येक समयमा सरकार, राजनैतिक दल आ–आफ्नै पारामा विद्यालयमा शिक्षक नियुक्ति दिलाउछन् अनि पछि गएर तिनै शिक्षकलाई दोष दिन्छन् । प्रत्येक विद्यालयमा स्वयम् एक व्यक्ति शिक्षक बन्नै सक्दैन । अनि उसलाई किन दोष ? दोष दिन पाइन्छ यदि उसले विद्यालयमा उपस्थित भई पढाउदैन भने मात्रै । आफ्नो कर्तव्य पुरा गर्दैन भने । मलाई धन्नै दश वर्षसम्म अस्थायी नेपाल सरकारले बनायो ।

लिएको परीक्षाको नतिजा धन्नै दश वर्षमा गर्यो । दोष कसको ? सरकारी निकायमा र सार्वजनिक विद्यालयमा जागिर चाहिन्छ, आ आफ्ना नानीहरु संस्थागत विद्यालयमा पुर्याइन्छ । दोष कसको ?त्यसैले अहिले कारोनाले सिकाएको छ सार्वजनिक जग्गा, संस्था, अस्पाताल, विद्यालय सवैका लागि हुन । यीनको संरक्षण सवै नेपाली नागरिकले गर्नै पर्छ किनकि कोरोना भन्दै छ तपाईंले जम्मा गरेको सम्पती अर्थहीन छ, मौका परे मलामी पनि नपाइने अवस्था छ । सुरक्षित भनेका मुलुक नै बढी असुरक्षित छन् ।

बस्नको लागि सुन्दर स्थान भित्र नेपाल पर्दछ । हामीसँग नभएको आधुनिक आरामदायी वस्तुहरु नहुन सक्छन् तर हामीसँग भएको अपार प्राकृतिक सम्पदा, धर्म, संस्कार, संस्कृति र मेलमिलाप, धार्मिक सहिस्णुता, हावा, पानी र माटोलाई सही सदुपयोग गरेमा हामी अरु देशले गरेको विकास भन्दा छिटो विकास गर्न सक्छौं ।

यही आजको आवश्यकता हो । आजका शिक्षकहरु नेपाली विद्यार्थीलाई नेपालमा बसेर काम गर्ने र विदेश त घुम्नको लागि जाने स्थलो हो भनि बुझाउन सक्नुपर्छ । विदेशमा अध्ययनको लागि गैहालेपनि स्वदेशमा आइ यही जिविकोपार्जन गर्नुपर्छ ।

यदि कोही विदेशी भुमिमा अध्ययनको लागि पुगेमा त्यसको केही प्रभाव बोकेर फर्कदो रहेछ । नेपालका केही विद्वानलाई हेर्ने हो भने विदेशीको राशन खाएको छ । त्यसैले उसले त्यहीको भजन जप्दछ भन्ने आवाज पनि हामी सुनेका छौं ।

नेपालको माटो फरक छ । यही माटो सुहाउँदो शिक्षा नेपालको विद्यालय, महाविद्यालयले प्रधान गर्न सक्नुपर्छ र शिक्षाको नाममा विदेशीएको अबौं रकमलाई स्वदेशमा रोकेर नेपालको भलाइमा सदुपयोग गर्न सक्नुपर्छ ।

यो देश नेपालका विधायकहरु अहिले चलिरहेको संघीय संसदमा शिक्षकका आवाजहरु बोली उनीहरुका पीडामा मलम लगाइदिने कार्य गरेमा समग्र नेपालको विकास हुने थियो । तपाईंका बालबालिकालाई ज्ञान दिँदै गर्दा शिक्षकले बेलुकाको छाक कसरी टारांै भनेर सोच्न नपरोस ।

ऊ केवल आफ्ना कक्षामा र विद्यालयमा उपस्थित बालबालिकाको बारेमा सोच्न पाओस, निवासमा पुग्दा पनि तीनै बालवच्चाको चित्रण आउने वातावरण बनाउनुहोस । हामी सवै शिक्षकहरु कही जागिर नपाएर यस पेशामा लागेका होइनौं ।

यसलाई आफ्नो सोखको रुपमा जीवन गुजाराको बाटो अवलम्वन गर्नेको संख्या बढी नै छ । जहाँ शिक्षाको कदर हुन्छ, विकास त्यही हुन्छ । त्यसैले शिक्षकहरुलाई सन्मान दिलाइ नेपाली समाजलाई मर्या्दित वनाउने जिम्मा शिक्षकलाई दिनोस् । त्यसो गर्नको लागि नेपालका शिक्षक तयार छन् ।

(पण्डितको सामाजिक सञ्जालबाट)

(पण्डित पशुपति मित्र मावि चावहिल, काठमाडौंका नि.प्रअ हुन् ।)

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.