महिला रोएको आवाज आएपछि उग्रचण्डी भगवती माईको शीलामा पसिना आयो
महिला रोएको आवाज आएपछि उग्रचण्डी भगवती माईको शीलाबाट पसिना आउन थालेको पुजारी कर्माचार्यले बताए । भगवती माईको शीलामा पसिना आउनुलाई अनिष्टको पूर्व संकेतको रुपमा लिइन्छ । भगवती माईको शीलामा पसिना आएपछि पुजारीहरुले तत्काल क्षमा पूजा गर्ने चलन रहेको छ ।
यसअघि २०७१ साल कात्तिक १५ गते पनि भगवती माईको शीलामा पसिना आएको थियो । यसको ६ महिनापछि २०७२ साल वैशाख १२ गते शक्तिशाली भूकम्प गएको थियो । साथै १ सय ९४ वर्षअघि भगवती माईको सिलामा रगत र पसिना आएको पुजारी कर्माचार्यले जानकारी दिए । क्यानडानेपाल