भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं / भोलिदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तीन महिनाभन्दा बढीको लकडाउनले व्यवसायी आर्थिक संकटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै असार २१ गतेपछि सञ्चालन गर्ने जनाएको छ ।

लकडाउन भएपछि बैंक किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको व्यवसायीको भनाइ छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ । सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । ट्याक्सी व्यवसायीहरुले पनि सोही दिनवाट सेवा सुरु गर्ने तयारी थालेका छन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.