विकल्प खोज्दै रंगकर्मी

लकडाउन नभएको भए मण्डला थिएटरमा ११ चैतयता तीनवटा नाटक मञ्चन भइसक्थे । दयाहाङ राई, राजन खतिवडालगायत त्यसको तयारीमा जुटेका थिए । ती सबै कोभिड–१९ महामारीको मारमा परे । थिएटरको नियमित खर्च भने उस्तै छ । आम्दानी रोकिँदा नियमित कर्मचारीको तलब पनि रोकिएको छ । खर्च घटाउने उद्देश्यले कलाकार र प्रशिक्षार्थी गरी मण्डलाले करिब दुई सयजनालाई स्थिति सामान्य नहुन्जेलसम्मका लागि बिदा दियो । ‘हामी ऋणमा पुगिसकेका छौँ,’ मण्डलाका सचिव विजय बराल भन्छन्, ‘यो एकदमै कठिन समय हो ।’ मण्डलाको आयस्रोत नै हलभाडा र नाटक मञ्चनका क्रममा वितरण गरिने टिकटको रकम हो । मण्डलासँग जोडिएका अधिकांश कलाकार आ–आफ्नो गाउँघर पुगेका छन् । काठमाडौंमा रोकिएका कलाकारको नियमित आम्दानी केही छैन । ‘प्रतिभावान् कलाकार पलायन हुने भय छ,’ बराल भन्छन् ।

केही साताअघि कौसी थिएटरले सडक नाटक प्रदर्शन गर्‍यो । दलितका मुद्दालाई विषयवस्तु बनाइएको नाटकमा अभिनय गर्न कलाकार थिएटरसम्म पैदल आए । ‘थिएटरले नै लगानी गरेर सडक नाटक प्रदर्शन गर्‍यौँ,’ थिएटरकी अध्यक्ष आकांक्षा कार्की भन्छिन्, ‘लगानीको प्रतिफल केही थिएन । तर पनि नाटक प्रदर्शन गर्‍यौँ ।’ नयाँ प्रोजेक्टमा काम गर्न नपाउँदा रंगकर्मीहरू विकल्प खोज्न थालेका छन् । धेरै रंगकर्मी भिडियो बनाएर युट्युबको प्लेटफर्म खोजिरहेका छन् ।

यसअघि कौसी थिएटरले रकम संकलन गरेर नाटक मञ्चन गर्थे । थिएटरमा आयोजना हुने कार्यक्रमबापतको हलभाडा र टिकटको आम्दानीबाट थिएटर चलेको थियो । कलाकारले पनि त्यही रकमबाट पारिश्रमिक पाउँथे । अहिले सबै गतिविधि ठप्प छन् ।
केही रंगकर्मीले विद्यालयमा अध्यापन गरेर जीविका चलाएका थिए । विद्यालयका नियमित कक्षा पनि चलेका छैनन् । रंगकर्मकै विकल्प खोज्नुपर्ने अवस्थामा पुगेका छन्, नाट्यकर्मी ।

कौसी थिएटरको एउटा प्रोजेक्टमा कलाकार र प्राविधिक गरी २० जनासम्म जोडिन्थे । सोही टिमले नाटक मञ्चन गथ्र्यो । नयाँ प्रोजेक्टमा काम गर्न नपाउँदा उनीहरू विकल्प खोज्न थालेका छन् । ‘अहिले धेरै रंगकर्मी भिडियो बनाएर युट्युबको प्लेटफर्म खोजिरहेका छन्,’ कार्की भन्छिन् । शिल्पी थिएटरको अवस्था पनि त्यसभन्दा फरक कहाँ छ र ! शिल्पीसँग आबद्ध अधिकांश कलाकार गाउँ फिरेका छन् । शिल्पीमा मासिक तलब बुझ्ने १२ कर्मचारी थिए । दुई दर्जनभन्दा बढी कलाकार नियमित सक्रिय रहन्थे । प्रशिक्षार्थी पनि उत्तिकै थिए । ‘आयस्रोत नै नाटक मञ्चन हुँदाको टिकट र हलभाडा थिए । ती सबै रोकिएपछि ठूलो संकट आइपरेको छ,’ शिल्पीका अध्यक्ष घिमिरे युवराज भन्छन् । अब कसरी अगाडि बढ्ने भन्ने अन्योलमा छन्, उनी । ‘नाटक रिहर्सल हुन्थे, कविता वाचन हुन्थे र अन्य साहित्यिक गतिविधि गथ्र्यौं,’ घिमिरे भन्छन्, ‘ती सबै रोकिएका छन् । एउटा मुभमेन्ट नै रोकिएको छ । शून्यता छाएको छ ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.