सिद्धबाबा नजिकै ठूलो पहिरो,पैदल यात्रा समेत नगर्न प्रहरीको आग्रह

नारायण न्यौपाने
पाल्पा, साउन १३
पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा अहिलेसम्मकै ठूलो पहिरो गएको प्रहरीले बताएको छ । सिद्धबाबा मन्दिर नजिकै ड्याम निर अहिलेसम्मकै ठूलो पहिरो गएका कारण बाटो पूर्ण रुपमा अरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी मदन गिरीले बताए । उनले भने,‘ सिद्दबाबामा ढुङगा सहितको करिब ७० मिटर लामो पहिरो छ, एउटा लोडरले काम गरिरहेको छ, अर्को लोडरका लागि सडक बिभाग संग कुरा भैरहेको छ, बाटो खुल्न कम्तिमा ४ घण्टा लाग्छ ।’

प्रहरीले सूचना नै जारी गरेर पैदल यात्रा समेत नगर्न र बाटो पूर्ण रुपमा खुलेपछि मात्र यात्रा गर्न अनुरोध गरेको छ । निरन्तर परेको पानी र चुरे क्षेत्र भएको कारणले समेत पाल्पाको डुम्रेदेखि चिडियाखोला सम्मका क्षेत्रमा निरन्तर रुपमा पहिरोहरु झरेका छन् । यात्रुहरुले बुटवल तानसेन यात्रा गर्दा बैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक नहिड्न प्रहरीले अनुरोध समेत गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.