कोरोना मिटर : संक्रमितको संख्या ३२ हजार नाघ्यो, आज थप सात सय ४३ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घन्टामा देशभर थप सात सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ ।
यो अवधिमा १० हजार दुई सय ३४ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज एक सय ७५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको बताए ।
हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार आठ सय ६ पुगेको छ ।
संक्रमणमुक्त हुने दर ५८ प्रतिशत रहेको गौतमले जानकारी दिए
त्यसैगरी सक्रिय संक्रमित भई आइसोलेसनमा बस्नेको संंख्या १३ हजार सात सय १५ रहेको छ । @nayapatrika