तिलोत्तमाका एक कोरोना संक्रमितको मृत्यु
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका एक कोरोना संक्रमितको बुटवलमा शुक्रबार मृत्यु भएको छ । बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका ६० वर्षीय पुरुष हुन । यही भदौ ७ गते उनमा कोरोना पोजेटिभ देखिएको र सोही दिन कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा भर्ना भएका थिए ।
उनमा स्वासप्रश्वासको समस्या रहेको थियो । उनी उच्च रक्तचापकाे बिरामीसमेत रहेको अस्पतालले जनाएको छ ।
प्रादेशिक अस्पतालका अनुसार सघन उपचार कक्षमा उपचार गर्दागर्दै गएराति उनको मृत्यु भएको अस्पतालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । यस अस्पतालमा बिहीबार बिहान तिलोत्तमाकै एक कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको थियो ।