पाल्पामा थप एक साताका लागि निषेधाज्ञा
नारायण न्यौपाने
पाल्पा, १२ भदौ
जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । गत भदौ ५ गतेदखि शुक्रवार राती १२ बजेसम्मका लागि लागू गरिएको दोस्रो चरणको निषेधाज्ञाको समयावधी सकिने भएपछि थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए । जिल्ला कोभिड सङ्कट व्यवस्थापन सिमतीको शुक्रवार बसेको बैठकले जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थप एक साताका लागि निषेधाज्ञा आदेश गरेको हो ।
बैठकले निषेधाज्ञा अवधीभरका लागि सार्वजनिक तथा निजी सवारी बाहेकका एम्बुलेन्स, शववहान, खाद्य सामाग्री, औषधी, दाना, पानी, दुध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारी साधन तथा, झण्डाबहाक र कुटनीतिक नियोगका सवारी सुचारी गर्ने निर्णय गरेको छ । सेवा संचालन तर्फ भने, स्वास्थ्य, सुरक्षा, संचार, विद्युत, खानेपानी एटिएम काउन्टर, हुलाक बाहेक सबै सरकारी सार्वजनिक बैंक तथा वित्तिय संस्थाका सेवासमेत बन्द रहने प्रजिअ न्यौपानेले जानकारी दिए । यस्तै होटल रेष्टुरेन्ट, ब्युटी पार्लर, शैलुन, जीमखाना पूर्ण रुपमा बन्द रहेपनि खाद्यान्न, फलफूल, तरकारी र दुध देरी पसल भने हरेक दिन हिान, ७ देखि ११ बजेसम्म संचालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साथै एम्बुलेन्स तथा खाद्यान्न ढुवानीका सारीमा समेत मानिसहरु यात्रा गरेको पाईएपछि ती सवारीमा एम्बुलेनस चालक बाहेक एकजना कुरुवा तथा ढुवानीका साधनमा चालक तथा सहचालक मात्र यात्रा गर्नुपर्ने र ती सवारीहरु गन्तव्यमा पुगेपछि मात्र रोकिनुपर्ने व्यवस्था गरिएको छ ।