पाल्पा पहिरो अपडेट–बेपत्ता ५ मध्ये २ जनाको शब भेटियो

नारायण न्यौपाने
पाल्पा, ९ असोज
पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परि बेपत्ता भएका ५ जना मध्ये ३४ घण्टापछी आज दिउँसो २ महिलाको शब भेटिएको छ । बिहिबार बिहान ४ बजे पहिरोले घर पुरिदा ५ जना बेपतmा भएका थिए । पहिरोमा परि ६३ बर्षिय हुम बहादुर गाहा, उनकी श्रीमती ४७ वर्षिया धनी सरा, छोरी १६ वर्षिया कृष्णामाया गाहा, १४ वर्षिया नातिनी खुमिसरा आले र ७ बर्षिया नातिनि लक्ष्मी गाहा बेपत्ता भएका हुन .

कृष्णामाया र लक्ष्मीको शव घटना स्थलमै फेला परेको र अन्यको खोजि कार्य जारि रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराइले जानकारी दिएका छन ।

बिहिबार निरन्तर झरी र पहिरो जाने क्रम नरोकिएपछि शुक्र बिहान खोजि गर्नका लागि जिल्ला सदरमुकाम बाट गएको टोलि बिच बाटोमै बसेको थियो । आज बिहानबाट मात्रै बेपत्ताहरुको खोजी शुरु भएको थियो ।

अहिले पनि बेपत्ताहरुको खोजी भैरहेको गाउँपालिका अध्यक्ष बिण्शु भण्डारीले बताएका छन ।
बिहिबार नै पहिरोले घर पुरिदा सोही वडाकी २७ बर्षिया मोतीसरा गाहाको ज्यान गएको थियो । गर्भवती रहेकी गाहाको हिजै शब भेटिएको थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.