३ दिन देखि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी खुल्यो
नारायण न्यौपाने
पाल्पा, ११ असोज
अविरल वर्षासँगै आएको पहिरोले तीन दिनदेखि अवरूद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सुचारु भएको छ । शुक्रबार रातिदेखि अवरुद्ध राजमार्ग अहिले दिउसो ४ बजे देखी सुचारु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख सही पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
राजमार्ग अवरुद्ध हुँदा पोखरा, पर्वत, बाग्लुङ, गुल्मी र स्याङजाबाट बुटवल जाने तथा बुटवल बाट आउने सयौँ सवारी साधन बीच बाटोमा रोकिएका थिए । पाल्पाको डुम्रेदेखि सिद्धबाबा सडक खण्ड अन्तर्गत १० ठाँउमा पहिरो खसेको राजमार्ग अवरूद्ध भएको थियो ।