तानसेनमा बिजुली दाई साँहिला …

नारायण न्यौपाने/पाल्पा/तानसेनमा बिजुली दाई साँहिला तम्घासैमा बस । यो गित बम बहादुर कार्किले बि.स २०४१ सालमा रेडियो नेपालमा रेकर्ड गराएका थिय । उति बेला गायक कार्की आफनो घर गुल्मी जाँदै गर्दा तानसेन बजारमा झलमल्ल उज्यालो थियो । बिजुलिको उज्यालोले तानसेनमा रमाइलो त हुने नै भयो तानसेन देख्नेलाई मनमोहक थियो, रहर लाग्दो थियो । तम्घासमा पनी त्यही छेक गाडि पुगेकाले गायक कार्किले बिजुलिको उज्यालोको खुशिलाइ तम्घास पुगेको बस सङग जोडेर गित गाएका थिय ।

बिकासलाई गित मार्फत पोखेका कार्कि अहिले काठमाण्डुमै बस्छन यदि उनी तानसेनको बाटो भयर गुल्मी गय भने उनले तानसेनमा मुस्किलले बिजुली देख्ने छन, अनि बसमा तम्घास पुग्ने कोशिस गरे भनेउनको यात्रा सिद्वबाबामा सिमित हुनेछ । उनी जस्तै धेरैलाइ लागेको छ बिजुली दाइ साँहिलाका पालामा थियो, अनि धेरै दाइ साँहिलाहरुले बिजुली र बाटोलाइ भोट माग्ने बाहाना बनाइरहेका छन र पचाइरहेका छन । बि.स २०२६ तिर डिजेल पलान्ट बाट केही बर्ष तानसेनमा बलेको बिजुली ६ वर्ष पछि हाइड्रोबाट बलेको संम्झिदै पाल्पाली इतिहाँसका ज्ञाता निर्मल श्रेष्ठले त्याति बेला तानसेनको चमक बिर्सी नसक्नु भएको बताए । उनि भन्छन ‘म पनि त्यती बेला पलान्ट जोड्न गएको थियँ, अहिलेको बिद्युत अफिस भएको ठाँउमानै पलान्ट थियो । त्यो बेलामा बरु एउटा नियमितता थियो ।’

तर कुनै कुलमानले पनि लोडसेडिङ हटाउन नसकेको जिल्ला यहि हो । सम्बवतह नेपालमै सबै भन्दा बढी अघोसित रुपमा लाइन, यहि ठाँउमा काटिन्छ । उध्योग बाणिज्य सङ पाल्पाका पुर्ब अध्यक्ष मोहन श्रेष्ठले बिजुलिले बित्यास पारेको बताउछन । उनले भने, ‘गनेर बसेपनी घन्टामा २० पटक सम्म पनी लाइन जान्छ अनि ५÷६ घण्टा देखि २÷३ दिन सम्म बिजुली आउदैन यस्तोमा कसरी काम गर्ने ? ।’ निरन्तर जाने बिजुलिले टेलिफोन टावर सन्चालन हुने इक्विपमेण्ट समेत चार्ज नहुँदा सम्पर्क समेत अबरुद्द हुन्छ, सन्चार माध्यम समेत बन्द हुन्छन । नेपालकै ठुलो कालिगण्डकी ए जल बिद्युत परियोजनाको मुख्य प्रशारण लाइन पाल्पा हुँदै प्रवाह हुन्छ तर याँहाका नेता तथा सरोकार वालाले त्यसको प्रयोगको उपलब्धीमुलक नतिजा पाल्पालीलाइ दिन सकेका छैनन ।

संधै जङ्गल र प्राकृतिक बिपत्तिलाइ कारण देखाउने बिद्युत प्राधिकरण पाल्पाले आफ्नो जाँगर र इच्छा शक्तिलाइ भने कारण देखाउन तयार छैन । कार्यालयमा गयर ‘बिजुली किन गयो ?’ भन्ने उपभोक्तालाइ प्राधिकरणले ‘लाइन किन जान्छ ? ’ भनेर तयार गरेको २ वटा पानो दिन्छ । फोन गरेर सोध्नेलाइ उतै बाट गएको भन्छ वा सिस्टम गयको भन्छ । उनिहरु सहि बोल्न चांहदैनन कि, उनिहरुलाइ थाहा हुँदैन कि, वा जे भने पनि हुन्छ भन्ने ठाँनिन्छ त्यो कर्मचारिलाइ नै थाहा होला ।

तर बिद्युत प्राधिकरण पाल्पाका प्रमुख सुशिल पौड्यालले कर्मचारी जवाफदेहि र जिम्वेवार हँुदा हुँदै पनि समस्या आइरहेको बताउछन । ‘हेर्नुस लङ रुटको लाइन छ, बुटवल बाट मेन लाइन जङ्गल हुँदै आउने हो, याँहाबाट मित्याल सम्म त धेरै ठाउमा बिगृन्छ, ट्रिप हुन्छ’, पौड्यालले भने, ‘त्यसकारण समस्या आइरहन्छ, हामिलाइ लाइन काट्न मन हुन्छ र ? ।’ जिल्लाका केही ठाँउमा ग्रामिण बिद्युतिकरणकोे काम नहुँदा थप समस्या भयको उनको तर्क छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.