पाल्पामा लकडाउन खुलेयताकै धेरै जनामा कोरोना संक्रमण

पाल्पामा लकडाउन खुलेयताकै सबैभन्दा बढी कोरोना संक्रमितहरु थपिएका छन् । लकडाउन खुलेपछी सबैभन्दा बढि ३६ जनामा संक्रमण देखिएकोमा आज शनिवार भने ७५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीले बताउनु भएको छ ।

प्राप्त रिपोर्ट अनुसार जिल्लाको निस्दी र रम्भा बाहेकका स्थानिय तहका अधिकांस समुदायका मानिसहरुमा कोरोनाको संक्रमण देखिएको हो । ७५ जना कोरोना संक्रमित थपिएसँगै पाल्पामा कुल संक्रमितको संख्या ९ सय ६९ पुगेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.