रम्भामा प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवारद्धारा प्रहरी चौकीको शुभारम्ब

पाल्पा, कार्तिक १- लुम्बिनी प्रदेशका प्रहरी प्रवत्ता एस.एस.पी राजकुमार बैदवारले चाडवाडको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन मातहतका प्रहरीलाई निर्देशन दिनु भएको छ । पाल्पाको रम्भा गाउँपालिकाको वडा न. ३ अगाँहाखोला अमराइमा प्रहरी चौकीको शुभारम्ब गर्दै एस.एस.पी बैदवारले, प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा अब्बलता देखाउनुपर्ने बताउनुभयो । नागरिकले पनि प्रहरीलाइ सहयोग गर्नुपर्ने भन्दै एस.एस.पी बैदवारले कोरोना नियन्त्रणमा सबैले आ–आफ्नो क्षेत्रबाट कोशिस गर्नुपर्नेमा जोड दिनुभयो ।

१५ जनाको दरबन्दी रहेपनि तत्कालका लागी चौकीमा असइको कमाण्डमा १० जनाको जनशति रहने बताइएको छ । चौकी स्थापनापछि रम्भा गाउँपालिकाको ताँहु, रम्भापानी, फोक्सिङकोट, झकेदी, खोकखोला, लिम्बुनीका जनताले सेवा पाउने छन् ।

गाउँपालिका अध्यक्ष बिष्णु भण्डारीले चौकी स्थापनाले स्थानिय जनताको शान्ति सुरक्षामा टेवा पुग्ने बताउनुभयो । गाउँपालिकाको पहलमा नै चौकी स्थापना भएको बताउँदै अध्यक्ष भण्डारीले जनता र स्थानिय सरकार प्रहरीको साथमै रहने धारणा राख्नुभयो ।
कार्यक्रममा पाल्पाका प्रहरी प्रमुख एसपी सन्तोष कुमार भट्टराई, स्थानिय राजनितिक दलका प्रतिनिधी लगायतको उपस्थिती थियो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.