एसएसपी बैदवारद्वारा १० बर्षअघी पाल्पाबाट अपहरणमा परेका किशोर न्यौपानेको अनुसन्धानलाई गम्भिर रुपमा अगाडि बढाउने प्रतिबद्दता

पाल्पा, कार्तिक २- लुम्बिनी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी राजकुमार बैदवारले १० बर्षअघी पाल्पाको तानसेनस्थित बारुदखानबाट अपहरणमा परेका किशोर न्यौपानेको अनुसन्धानलाई गम्भिर रुपमा अगाडि बढाउने प्रतिबद्दता जनाउनुभएको छ । रेडियो कुटुम्बको बोलि बचन कार्यक्रममा बोल्दै एसएसपी बैदवारले नेपाल प्रहरीले धेरै ठुला अपराधका घटनामा पनी सफल भएकोले किशोर अपहरण घटना पनी पत्ता लगाउने दृढता ब्याक्त भयो ।

एसएसपी बैदवारले कोरोना महामारीमा आत्महत्याका घटना बढेकाले सचेत हुन आग्रह गर्नुभयो । मानिसहरु बढि महत्वकांक्षी भएका कारण आत्महत्यका घटना बढेको वाहाँको भनाइ छ ।

बैदवारले चाडवाडको समयमा हुने सम्भावित घटना रोक्नका लागी प्रहरीले बिशेष योजनाका साथ काम गरेको जानकारी गराउदै प्रहरीले बिभिन्न स्थानमा हेल्प डेस्क राखेर जनतालाइ सेवा दिने काम गरेको बताउनु भएको छ । वाहाले कुनै समस्या भएमा तुरुन्तै प्रहरीलाइ खवर गर्न समेत अनुरोध गर्नु भएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.