‘चाडपर्व बापतको भत्ता यो संस्थालाइ दिन्छु भनेर चाखिलो नबने हुन्छ’– बुद्विजिवी झपेन्द्र जिसी
नारायण न्यौपाने,पाल्पा–कार्तिक ४-
जनप्रतिनिधीहरुको चाडपर्व भत्ताको बिषयले उनिहरुको नागरिक प्रतिको जवाफदेहिता माथि प्रश्न सिर्जना गरेको छ । कानुनमा नभएको अनेक सुविधा लिएका जनप्रतिनिधीहरुले लिने र दिएझंै गर्ने गरेको आरोप खेपिरहेका छन ।
साहित्यकार तथा बुद्विजिवी झपेन्द्र जिसीले जनतासंग साखिलो, चाखिलो एबम महादानी, महाउदार र महादिलदार बन्न यस्तो गरेको बताउनु भयो ।
जिसीले भन्नुभयो, ‘ महादिलदार बन्ने कोसिस कसैले नगरे हुन्छ । वास्तवमा सांसद र जनप्रतिनिधिले कहिल्यै पनि चाडपर्ब र दशैं भत्ता लिनै हुँदैन । कानुन बनाएर यसखाले भत्ता खाने गरिएको हो भने पनि ऐन् कानुन नै खारेज हुनु पर्ने मेरो ठहर रहेको छ ।’ वांहाले प्रश्न गनुभएको छ, ‘के मेरो ठहर माथि सुनुवाइ गर्ने हिमतदार पायनदार कोही बिधायक छ होला त ?’
दशैं भत्ता र चाडपर्ब भत्ता मैले लिन्न वा नलिने निर्णय गरें वा अमुक संस्था र समूहलाई दिने निर्णय गरें भन्नु लाजमर्दो भएको जिसीको तर्क छ । ‘यो दशैँ भत्ता खानु हुँदैन, यो लाजमर्दो कुरा हो, यो सुहाउने कुरा हैन’, जिसीले भन्नुभयो, ‘उनिहरु सेवक हुन कर्मचारी हैनन् गाडिघोँडा चढेको कुरामा मेरो बिरोध छैन त्यो बरु सुहाउँछ ।’