पाल्पामा कोभिड नियन्त्रणमा उल्लेख्य काम भएन– काङग्रेस जिल्ला सभापती राना

नारायण न्यौपाने/पाल्पा/कार्तिक ४
नेपाली काङग्रेस पाल्पाका सभापती तथा लुम्बिनी प्रदेश सांसद बिरबहादुर रानाले जिल्ला स्थित सिसिएमसीले कोरोना भाइरस संक्रमण नियन्त्रणमा उल्लेख्य काम गर्न नसकेको आरोप लगाउनु भएको छ । उहाँले स्थानिय तहले गरेको काम सराहनिय भयपनी सिसिएमसीले भने निर्णयहरु गर्ने तर कार्यान्वयन नगर्ने गरेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालय पाल्पाले कमाण्ड गर्न नसकेको समेत बताउनु भयो ।

रेडियो कुटुम्बको न्यूज हाइलाइट्समा कुरा गर्दै सांसद रानाले समयमा आइसोलेशन बनाउन नसक्नु, शव ब्याबस्थापनमा ढिलाइ हुनु, सवारीको उचित ब्याबस्थापन नहुनु तथा जिल्ला स्थित सिसिएमसीले गरेका निर्णय कार्यान्वयनमा समस्या हुँदा कोभिड नियन्त्रणमा समस्या भएको धारणा राख्नुभयो ।
उहाँले राज्य भएपनी जनताले सरकार भए नभएको आभास गर्न नपाएको बताउनुभयो । जनता बिहान बेलुकाको खाना कसरी खाने भन्ने अवस्थामा पुगेको समयमा सरकारले कोराना लागेका जनताको उपचार गर्न सक्दिन भन्नु लाजमर्दो भएको तर्क गर्नुभयो ।

उहाँले जिल्ला स्थित बिभिन्न कार्यालयहरुले कार्यालय खोल्ने तर कोरोनाको कारण देखाएर सेवा नदिने गरेको आरोप लगाउनुभयो । ‘कि कार्यालय बन्द गर्नुपर्छ होइन भने सेवा दिनुपर्छ, सेवा लिन आएका जनतालाइ फर्काउन पाँइदैन’ रानाले भन्नुभयो,‘ पालोका नाममा सेवा नदिन पाँइदैन ।’

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.