एसजी स्पोट्स प्रिन्ट एण्ड डिजाइनको सेवा तानसेन २ नारायणस्थानबाट

पाल्पा,कार्तिक १५-एसजी ट्रेडर्सले नयाँ ब्याबस्थापनका साथ एसजी स्पोट्स प्रिन्ट एण्ड डिजाइनका नामबाट तानसेन २ नारायणस्थान बाट सेवा आरम्भ गरेको छ । एसजी बिभिन्न सभा समारोह, कार्यक्रम तथा शुभकार्यमा चाहिने सम्मानपत्र, मायाको चिनो, खेलकुदका सामग्री, प्रमाणपत्र, सम्मान तथा पुरस्कारका सामग्रीहरु, ट्रयाक शुट, टिसर्ट र जर्सीको बिक्रेता हो ।

३० लाख रुपियाँको लगानीमा सञ्चालनमा रहेको एसजी स्पोट्सले पाल्पा, गुल्मी, स्याङजा, पर्वत, अर्घाखांची र रुपन्देहीमा समेत सेवा दिदै आएको ब्याबस्थापक अमृत अर्यालले जानकारी दिनुभयो । अर्यालले कार्यक्रम स्थलमै रहेर काम गर्न सकिने बताउदै लुम्बिनी प्रदेशमै गुणस्तरीय सेवा दिने तयारीमा रहेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.