रामपुरमा लुटपाट घटनाका आरोपित २ जना पक्राउ

पाल्पा, २१ कार्तिक । गत मंगलबार रामपुरमा नगरपालिका –८ ढकाल चौपारीको एक घरमा लुटपाट गरी नगद र गहना चोरी गर्ने दुई आरोपित पक्राउ परेका छन । पक्राउ पर्नेहरुमा चोरी हुने घरकै मनकुमारीकी ३५ वर्षीया बुहारी राममाया श्रेष्ठ र पूर्व नवलपरासी बौदीकाली गाउँपालिका –३ हाल रामपुर नगरपालिका ५ वस्ने ३० वर्षीय माधव पंगेनी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उनीहरुले चोरकिो योजना बनाई नाटकिय पाराले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी मदन गिरीले बताउनुभयो ।
उनीहरुलाई डाँका चोरी मुद्दामा पक्राउ गरी प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

उनीहरुले खुकुरी देखाएर डर धम्की दिई बाकस र दराजमा रहेको ३ लाख ५८ हजार नगद र ९ लाख पाँच हजार बराबरको सुनका गरगहना चोरी गरी भागेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.