पौडी खेल्ने क्रममा डुबेर तानसेनका एक युवाको मृत्यु

पाल्पा, २२ कार्तिक
पाल्पाको रानीघाटमा रहेको कालिगण्डकीमा डुबेर एक युवाको मृत्यु भएको छ । शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ का २२ वर्षीय विनित बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो १ बजे पौडि खेल्दै गरेका २ मध्ये १ जना नदि तरेको र १ जना डुबेको स्थानियले बताए ।

घटनास्थलमा प्रहरी हवल्दार नेत्र बहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले युवालाइ डुबेको अवस्थामा निकालेको हो ।
तानसेन गैरागाउँका बस्याल साथिसँगै रानीमहल घुम्नका लागि भन्दै घरबाट निस्किएको र पौडि खेल्दा डुबेर मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी मदन गिरीले बताएका छन ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.