गुल्मी कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

कार्तिक २२-गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरी २५ जनाको हो । अहिले कारागारमा ८९ जना छन् । पुरुष कैदी ४३ र बन्दी ३४, महिला कैदी चार र बन्दी चारजना छन् । कारागारमा दुईजना आश्रित र दुईजना ६५ वर्षमाथिका ज्येष्ठ नागरिक छन् । क्षमताभन्दा तीन गुणाभन्दा पनि बढी कैदीबन्दी राखिएकाले कारागार सुधारगृह नभई कैदखानामै परिणत भएको छ ।

अर्कोतिर कोभिड–१९ को त्रासले कैदीबन्दीलाई सताउने गरेको छ । सरकारले कोरोना संक्रमणको कारण सबै क्षेत्रमा सामाजिक दूरी कायम गर्न भने पनि यहाँ त्यो सम्भव छैन । साँघुरो र जीर्ण भवनसहितको कारागारमा सरकारले तय गरेको मापदण्डअनुसार भौतिक दूरी कायम गर्न नसकिएको कैदीबन्दीको भनाइ छ ।

जिल्ला कारागारका नाइके यमबहादुर सूर्यवंशीले दिउँसोमा बाहिर बस्ने र काम गर्ने भएकाले केही सहज भए पनि राति सुत्ने वेलामा कन्तबिजोक हुने गरेको गुनासो गरे । ‘रातमा दाउरा चिर्नेजसरी खुट्टा र टाउको जोडेर सुत्छौँ,’ उनले भने, ‘सामाजिक दूरी एकादेशको कथा हो ।’ कोरोना संक्रमणको जोखिम रहेकाले पनि कैदीबन्दी त्रासमा छन् ।

चिसो बढ्दै गएको छ । तम्घासको चिसोले घरपरिवारमै बसेकालाई पनि सताउँछ । जीर्ण कारागारमा सीमित स्रोत–साधनमा जीवन कटाइरहेका कैदीबन्दीलाई समस्या नहुने कुरै भएन । चिसो मौसममा कारागारले दिएका मात्रै ओड्ने–ओछ्याउने पुग्दैन । हुने खाने परिवारले व्यक्तिगत रूपमा पनि घरबाट कपडा पु¥याउने गरेका छन्, तर विपन्नहरू मुटु कमाउँदै सुत्छन् । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि नियमित खानपान, खानेपानी, सुत्ने र शौचालयको समस्या उस्तै चुनौतीपूर्ण छ । एउटा मात्रै शौचालय भएकाले दैनिक एक/आधा घन्टा कुर्नुपर्ने बाध्यतामा कैदीबन्दी रहेको अर्का नाइके बुद्ध नेपालीले बताए

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.