पाल्पामा भएका २ घटनामा २ जनाको मृत्यू

पाल्पा, २२ कार्तिक/पाल्पामा भएका २ छुट्टाछुट्टै घछनामा २ जनाको मृत्यू भएको छ । रानीघाटमा रहेको कालिगण्डकीमा डुबेर एक युवाको मृत्यु भएको छ भने करेन्ट लागेर अर्का १ जनाको मृत्यू भएको छ ।

शनिबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर तानसेन नगरपालिका १ का २२ वर्षीय विनित बस्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । शनिबार दिउँसो १ बजे पौडि खेल्दै गरेका २ मध्ये १ जना नदि तरेको र १ जनाको डुबेर मृत्यू भएको हो ।

प्रहरी हवल्दार नेत्र बहादुर खत्रीको कमाण्डमा खटिएको टोलीले युवालाइ मृतयू भएको अबस्थामा नदि बाट निकालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी डिएसपी मदन गिरीले बताएका छन ।

यस्तै तिनाउँ गाउँपालिका वडा नं. १ कचलका ९बर्षीयसुरज गाहाको करेन्ट लागेर मृत्यू भएको छ । घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जादा बिजुलीको पोलमा चढेकोले करेन्ट लागी घाईते भएका उनको युनाईटेड मिसन अस्पताल, तानसेनमा उपचारको क्रममा मृत्यू भएको पाल्पा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.