निर्मल शर्मालाई कोरोना

कोरोना भाइरसको संक्रमणबाट एकपछि अर्का चलचित्रकर्मीहरु चपेटामा परेका छन् । हरिवंश आचार्य, आँचल शर्मा, विजय लामा, ऋचा शर्मा, अशोक शर्मा, मिलन चाम्स, मनोज गजुरेललगायत एक दर्जन बढी चलचित्रकर्मीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ । कतिले कोरोनालाई पराजित गरेका छन् भने कति होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहेका छन् ।

यसबीच, कलाकार, निर्माता तथा निर्देशक निर्मल शर्मा पनि कोरोनाको चपेटामा परेका छन् । शुक्रवार साँझ सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट उनले पिसिआर परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिँदै अब दुई हप्ता पूर्ण रुपमा घरमा बस्ने बताएका छन् । सामान्य ज्वरोबाहेक आफूलाई अन्य कुनै लक्षण नदेखिएको पनि उनले उल्लेख गरेका छन् ।

निर्मलले आफूसँग सम्पर्कमा रहेका कसैलाई लक्षण देखा परे परीक्षण गराएर सुरक्षित रहन आग्रह गरेका छन् । एक समयको चर्चित हास्य टेलिसिरियल ‘तितो सत्य’ मा ‘गैंडा’ को भूमिका निर्वाह गरेपछि चर्चामा आएका उनी पछिल्लो समय चलचित्र निर्माण, अभिनय र निर्देशनमा सक्रिय छन् । नयाँ चलचित्रको तयारीमा रहेका उनले पछिल्लो पटक चलचित्र ‘ऐश्वर्य’ निर्माण गरेका थिए ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.