स्याङ्जामा जीप दुर्घटना : एकको ज्यान गयो, चार जना घाइते

कात्तिक २३, स्याङ्जा – स्याङ्जाको भीरकोटमा पराल बोकेको जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । चार जना घाइते भएका छन् । भीरकोट ५ मा लु १ च २६९६ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका १७ वर्षका असिम सेनको उपचारका क्रममा पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

दुर्घटनामा परि भीरकोट ५ का शिव सेन, मनोज सेन, दीलबहादुर सेन र अन्जन सेन घाइते हुनुभएको छ ।घाइते सबैको भीरकोटको कालीका सामुदायिक अस्पतालमा उपचार भइरहेको स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । जीप चालक राजु पंगेनी फरार रहेका र उनको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.