बर्तुङ–रिडी सडक आजदेखि दैनिक १३ घण्टा बन्द हुने

पाल्पा, २५ कार्तिक/ जिल्लाको बर्तुङ–रिडी सडकमा आजदेखि दैनिक १३ घण्टा सवारी आवागनम बन्द गरिएको छ । सडकको हार्थोक–मालमुल–जोर्ते खण्डको मोड सुधार तथा सडक स्तरोन्नतिका लागि सवारी आवागमन बन्द गरिएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले आज (मंगलबार)देखि कात्र्तिक २७ गते बिहीबारसम्म र मंसिर २ देखि १३ गतेसम्म दैनिक १३ घण्टा सडकमा सवारी आवागमन बन्द रहने जनाएको छ ।

सवारी आवागमन प्रत्येक दिन बिहान ३ बजेदेखि ६ बजेसम्म, बिहान ७ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बजेदेखि ४ बजेसम्म, साँझ ७ बजेदेखि ८ बजेसम्म, साँझ ९ बजेदेखि १२ बजेसम्म बन्द रहने छ ।
यी समयबाहेक अन्य समयमा भने सवारी आवागमन यथावत संचालन हुनेछन् ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.