पाल्पाका जनप्रतिनिधि, जसले जनाताप्रतिको जवाफदेहिता जिवित राखेका छन
नारायण न्यौपाने/पाल्पा,कार्तिक २७/कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा पाल्पाका स्थानिय तहका जनप्रतिनिधिले आफ्ना जनताको उपचारमा उल्लेख्य काम गरेका छन । स्थानिय तहले आम नागरिकमा कोरोना भाइरस देखिएपछि अस्पताल संग आफ्ना संक्रमित बिरामी राख्नका लागी लिखित सम्झौता गरेर समेत उपचार गरेका छन ।
रैनादेवि छहरा गाउँपालिकाले लुम्बिनी मेडिकल कलेज तानसेनमा ४२ जना संक्रमितको उपचारका लागि १० लाख रुपिँया बुझाएको छ । त्यसमध्य १ जनाको उपचारमा मात्रै १ लाख २२ हजार रुपिँया खर्च भएको गाउँपालिका अध्यक्ष राम बहादुर कार्किले बताए । उनले भने, ‘नागरिकको स्वास्थ्य प्रति हामि जिम्बेवार छौँ, अहिले पनि कोही मानिस कोरोना पोजेटिभ छ र उपचार गर्न नसकेको स्थिती छ भने हामि तयार छौँ ।’ सामान्य ज्वरो सहित झाडापखाला भएको बिरामिलाइ समेत कोरोना भएको हुन सक्ने आसंकामा युनाइटेड मिशन अस्पतालमा भर्ना गरिएको तर रिपोर्ट नेगेटिभ आएपनी ती बिरामीको समेत ७० हजार रुपिँया गाउँपालिकाले तिरेको छ ।
छोराछोरी बिरामि पर्दा बाआमाले जिम्बेवारी लिए जस्तै आफ्ना जनता प्रति गाउँपालिकाले अबिभावकत्व लिएको भन्दै रम्भा गाउँपालिका अध्यक्ष बिस्नु भण्डारीले कोरोनाबाट संक्रमितको उपचारमा कुनै कशर बाकि नराखेको बताए । रम्भाले लुम्बिनी मेडिकल कलेजमा २७ जनाको उपचारका लागि ९ लाख रुपिँया खर्च गरेको छ ।
बगनासकाली गाउँपालिकाले ६ जना नागरिकको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा २ लाख ९० हजार खर्च गरेको छ । त्यस्तै युनाइटेड मिशन अस्पतालमा ४ जना सर्वसाधरणका लागि १ लाख ५५ हजार ४ सय ७३ रुपिँया खर्च गरेको गाउँपालिका अध्यक्ष कृस्ण बस्यालले जानकारी दिए । जनप्रतिनिधीको उपचारमा खर्च नै नभएको यो गाउँपालिकाले कार्यपालिका सदस्यको सुविधाबाट कटायर ५३ हजार पालिकाको कोभिड कोषमा जम्मा गरेको छ ।
तानसेन नगरपालिकाले २ जना जनप्रतिनिधिको उपचारका लागि लुम्बिनी मेडिकल कलेजमा ७७ हजार रुपिँया बुझाएको छ । १० जना सर्वसाधरणको उपचारमा उसले मेडिकल कलेज र युनाइटेड मिशन अस्पतालमा २ लाख ७४ हजार रुपिँयाको बिल तिरेको छ । आफ्ना जनप्रतिनिधीलाइ मात्रै हैन नागरिकलाइ पनी अस्पतालकै आइसोलेशनमा राखेर जनप्रतिनिधि सरह उपचार गरेको सुचना अधिकारी दुर्गा बहादुर थापाले बताए । नगरपालिकाले १ जना नागरिकको मात्रै ७० हजार रुपिँया तिरेको छ ।
पुर्वखोला गाउँपालिकाले संक्रमित १० जनाको उपचार लुम्बिनी मेडिकल कलेजमा गरेको छ । यसमध्य ७ जनाको उपचार खर्च ३ लाख ३६ हजार ७ सय ६० रुपिँया कलेजलाइ भुक्तानि गरिएको छ । ३ जनाको बिल प्राप्त हुन बाँकी रहेको जनाउदै गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले जनताको स्वास्थ्यका लागि सधै बफादार रहेको बताए ।
माथागढि गाउँपालिकाले ५ जना सर्वसाधरणको उपचारमा १ लाख ६२ हजार ९ सय ९९ रुपैया खर्च गरेको छ । जनता प्रतिको जवाफदेहितामा कोरोना नियन्त्रणमा पालिकाले काम गरेको अध्यक्ष सन्तोष थापा मगरले बताए ।
तिनाँउ गाउँपालिकाले तानसेन स्कुल अफ हेल्थ साइन्स र युनाइटेड मिशन अस्पतालमा गरी १ लाख ४७ हजार ४ सय ४० रुपिँया तिरेको छ । यो रकम अन्तर्गत १२ जनाले उपचार लिएका छन । अध्यक्ष ओम बहादुर घर्ती मगरले, जनताले स्वास्थ्य सेवा प्राप्त गरेको अनुभुती हुने गरि काम गरेको दाबि गरे ।
रिब्दिकोट गाउँपालिकाले १३ जनाको उपचारका लागि अस्पतालमा १ लाख ३० हजार रुपिँया खर्च गरेको छ । स्थानिय स्तरमा निर्माण गरिएका आइसोलेशनमा सुविधा कम हुने र कुनै जटिल स्वास्थ्य समस्या आयमा चुनौती हुने भन्दै आफ्ना जनताको सुरक्षाका लागि सबै शुल्क तिर्ने गरी अस्पतालमै पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जिसीले बताए ।
निस्दी गाउँपालिकाले २ जनाको उपचारका लागि ६७ हजार ४ सय ८६ रुपिँया खर्च गरेको छ । १ जनाको भने बिल प्राप्त हुन बाँकी रहेको अध्यक्ष मुक्त बहादुर सारुले बताए । उनले जनताको उपचारमा गाउँपालिकाले अनवरत काम गरिरहेको बताए ।
रामपुर नगरपालिकाले कोरोना बाट संक्रमितको उपचारका लागि अस्पतालमा कुनै शुल्क तिरेको छैन । नगर प्रमुख रमण बहादुर थापाले आवश्यकताका आधारमा सहयोगका लागि नगरपालिका सधै तयार रहेको बताए ।
स्थानिय स्तरमा कोरोना नियन्त्रणमा गरेको खर्च बाहेक जनताको उपचारमा स्थानिय तहले अस्पतालमा ३३ लाख ९६ हजार ६ सय ७२ रुपिँया तिरेका छन । जनप्रतिनिधिले आफ्नो उपचारमा ७७ हजार खर्च गरेका छन । जनप्रतिनिधिले कोरोनाको लक्षण देखिनासाथ अस्पतालमै भर्ना गरायर सबै शुल्क बेहोर्नु जनताका लागि वास्तवमै स्थानिय सरकार हुनुको राम्रो अनुभुती हो । जनताहरु अन्य क्षेत्रमा पनी यस्तै खालको भुमिकाको आशामा छन ।
अग्र भागमा रहेर काम गरेका जनप्रतिनिधि मध्य २ जना गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष, ३ जना वडा अध्यक्ष, ५ जना वडा सदस्य र १ कार्यपालिका सदस्य गरी १२ जना कोरोना भाइरसबाट संक्रमित भए । जिल्लाको रैनादेवि छहरा गाउँपालिका र रिब्दिकोटमा भने जनप्रतिनिधिमा कोरोना देखिएको छैन । जनप्रतिनिधि बाहेक जिल्लामा बिहिवार सम्म १ हजार ३ सय १ जना कारोना संक्रमित छन ।