चाडपर्वमा थप जिम्मेवार बनेर काम गर्नुहोस् : प्रदेश प्रहरी प्रवक्ता एसएसपी बैदवार

नारायण न्यौपाने/कार्तिक २७/ लुम्बिनी प्रदेशका प्रहरी प्रवत्ता एस.एस.पी राजकुमार बैदवारले चाडपर्वको समयमा थप जिम्मेवार भएर काम गर्न मातहतका प्रहरीलाइ निर्देशन दिनुभएको छ । प्रदेशका बिभिन्न जिल्ला स्थित प्रहरी चौकीहरुको अनुगमन गर्ने क्रममा पाल्पा आउनु भएका प्रवक्ता एसएसपी बैदवारले आर्यभञ्याङ, प्रवास, दोभान लगाएतका चौकीहरुको पनि अनुगमन गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पामा जिल्ला स्थित प्रहरी अधिकृतहरु सहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै एसएसपी बैदवारले दिपावली शुरु भएको कारण यो समयमा जुवातास खेल्ने र पटेका पड्काउने खालका घटना हुन सक्ने भएका कारण त्यसलाइ मध्यनजर गरी काम गर्ने निर्देशन दिनुभयो । वाहाले जनताको सुरक्षा नै प्रहरीको मुख्य कर्म भएका कारण त्यसमा प्रहरी सधै प्रतिबद्द रहेको बताउनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.