पाल्पामा २ हजार २ सय जनाका लागि कारोना बिरुद्वको खोप

नारायण न्यौपाने
पाल्पा, माघ १४,
पाल्पामा २ हजार २ सय जनाका लागि कोरोना भाइरस बिरुद्वको खोप ल्याइएको छ । खोप बुधवार प्राप्त भएको स्वास्थ्य कार्यालय पाल्पाका सुचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । पाल्पा अस्पताल, युनाइटेड मिशन हस्पिटल, लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालबाट डाक्टर सहितको समुहले बुटवलबाट खोप लगाउने तालिम प्रात्त गरेपछि छिटोमा शुक्रवार मात्रै खोप दिइने बताइएको छ ।

पहिलो चरणको खोप, अग्रभागमा रहेर कामगर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, कोरोनाबाट मृत्यू भएकाहरुको शव ब्यावस्थापनमा खटिएकाहरु र सरसफाइमा कामगर्ने मजदुरहरुलाइ दिइने सुचना अधिकारी पन्थिले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.