संस्कृत विश्वविद्यालयमा इञ्जिनियरिङ, कृषि र चिकित्सा शिक्षाको पढाइ हुने

दाङ – ज्ञान विज्ञानको केन्द्रबिन्दु र खोज अनुसन्धानको केन्द्रका रुपमा विश्वविद्यालय रहनुपर्छ भन्ने सिद्धान्तअनुसार २०४३ सालमा नेपाल संस्कृत विश्वविद्यालय स्थापना भएको हो । लामो समयसम्म संस्कृत भाषालाई प्रमुख धार बनाएर विश्वविद्यालय अघि बढ्यो । तर अहिले नेपाल संस्कृत विश्वविद्यालय व्यावसायिक सोचकासाथ अघि बढेको छ ।

वैदिक संस्कृतका विभिन्न विधामा अध्यापन हुँदै आएको विश्वविद्यालयले इञ्जिनियरिङ, कृषि, जीवन व्यवस्थापन, योग, चिकित्सालगायतका शिक्षाको पनि अध्यापन गर्ने भएको छ ।

विश्वविद्यालयले यसै वर्षदेखि वास्तु इञ्जिनियरिङकाे पढाइ सुरु गर्न थालेको छ । वास्तु इञ्जिनियरिङकाे अध्यापनका लागि पाठ्यक्रम तयार भइसकेको विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादव प्रकाश लामिछानेले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.