कुलोमा डुबेर १९ महिने बालकको ज्यान गयो

पाल्पा, माघ १६,
रामपुर नगरपालिकामा १ बालकको कुलोमा डुवेर ज्यान गयको छ । आज दिउसो करिव १२ बजे रामपुर नगरपालिका ५ मटेरी बस्ने योगमाया थापाको छोरा १९ महिनाको प्रतिन थापाको घर नजिकैको कुलोमा डुवेर ज्यान गयको जिल्ला प्रहरी कार्यालय पाल्पाका सुचना अधिकारी प्रहरी निरिक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

उपचारको लागी रामपुर अस्पताल पाल्पा पु्याइएकोमा प्रतिनलाइ अस्पतालले मृत घोषणा गरेको थियो । घटनाको बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सम्बन्धित खवर

प्रतिकृया

Your email address will not be published.